Kathmandu Press

युवा व्यवसायी इन्द्रहाङ र नायिका उपासना अभिनित ‘तिमी गीत जिन्दगीको’ सार्बजनिक 

उनी  ‘तिमी गीत जिन्दगीको’ बोलको म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा देखा परेका हुन् ।
युवा व्यवसायी इन्द्रहाङ र नायिका उपासना अभिनित ‘तिमी गीत जिन्दगीको’ सार्बजनिक 

काठमाडौं, मंसिर १४ : प्रवासी युवा व्यवसायी इन्द्रहाङ लिङ्देनले म्युजिक भिडियोमा देखिएका छन् । उनी  ‘तिमी गीत जिन्दगीको’ बोलको म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा देखा परेका हुन् ।

उनीसँगै नायिका उपासना नेम्बाङ अभिनीत उक्त भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो । ‘तिमी गीत जिन्दगीको’ गीतको शब्द सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ राईले लेखेका हुन् ।

Hardik ivf

बीबी अनुरागीको संगीत रहेको यस गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ । नेपालको सुन्दर कुलेखानीमा छायांकन गरिएको हो । भिडियोमा कमल राईको निर्देशन, मुकेश ढकालको छायांकन, र मनोज कार्कीको सम्पादन रहेको छ ।

यस्तै सहायक कोरियोग्राफी सुमित गुरुङ र श्रृङ्गार मनोज लामाको रहेको छ । बेलायतमा रेस्टुरेन्ट संचालन गर्दै आइरहेका उनी हालसालै नेपालमा सुरुवात  ‘जाउँगुरु’ राइड शेयरिङ एपका लगानीकर्तामध्येका एक हुन् । 
 

प्रकाशित मिति: ०८:१२ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्