Kathmandu Press

समानुपातिकतर्फ एमालेको अग्रता कायम, अरु कसको मत कति ? 

समानुपातिकतर्फको बुधबार बिहान ७ बजेसम्मको  मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ । समानुपातिकतर्फ ९९ लाख ९३ हजार ५६८ मतगणना हुँदा एमालेले अग्रता कायम राखेको छ ।
समानुपातिकतर्फ एमालेको अग्रता कायम, अरु कसको मत कति ? 

काठमाडौं, मंसिर १४ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

समानुपातिकतर्फको बुधबार बिहान ७ बजेसम्मको  मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ । समानुपातिकतर्फ ९९ लाख ९३ हजार ५६८ मतगणना हुँदा एमालेले अग्रता कायम राखेको छ ।

निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेसको पक्षमा २५ लाख ४८ हजार ७७८ मत खसेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ११ लाख ४३ हजार ५०३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ मत पाएको छ । 

प्रकाशित मिति: ०८:०१ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्