ओलीलाई बोलेनको प्रतिप्रश्न– सुकुम्बासीहरु तपाईंका भोट बैंक मात्रै हुन् ?
बालेनले अहिले परिस्थि बदलिसकेको भन्दै सकेको सहयोग गर्न र कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न ओलीलाई चेतावनी पनि दिएका छन्।
काठमाडौं, मंसिर १३ : बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति एमाले अध्यक्ष केपी ओलीले प्रश्न उठाएपछि काठामडौैं महानगरपालिकाक मेयर बालेन साहले ओलीलाई नै प्रतिप्रश्न गरेका छन्।
बालेनले मंलबार साँझ सामजिक सञ्जालमा स्टाटस लेख्दै ओलीलाई ‘सुकुम्बासीहरु तपाईंको भोट बैंक मात्रै हुन्?’ भन्दै प्रतिप्रश्न गरेका छन्। उनले पटक पटक राज्यको नेतृत्व लिँदा सुकुम्बासीको समस्या नदृेखेको र उनीहरुलाई राजनीति स्वार्थपूर्तिका लागि लगाएको आरोप लगएका छन्।
मंगलबार दिउँसो एमाले मुख्यालयमा आयोजित कार्यक्रममा ओलीले ‘सुकुम्बासी बस्तीमा तमासा गरेर कसलाई बहादुरी देखाएको’ बन्दै मेयर बालेनप्रति कटाक्ष गरेका थिए।
मेयर बालेनले ओलीबाट नै यस्तो धारणा आउनु समान्य भएएको टिप्पणी गरेका छन्। उनले जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? भन्दै ओलीलाई प्रश्न गरेका छन् ।
उनले अहिले परिस्थि बदलिसकेको भन्दै सकेको सहयोग गर्न र कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न ओलीलाई चेतावनी पनि दिएका छन्।
‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न सक्नुभएन । पटक पटक मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो, तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन?,’ बालेनले स्टाटसमा लेखेका छन्, ‘सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश ।’
हनुमानढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई ओलीले नै गरेको भन्दै बालेनले नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको विरोध गर्नु असामान्य नभएको बताए ।











