Kathmandu Press

देश दक्षिणपन्थी बाटोमा जान सक्ने खतरा छ : अध्यक्ष नेपाल 

देश दक्षिणपन्थी बाटोमा जान सक्ने खतरा छ : अध्यक्ष नेपाल 

काठमाडौं, मंसिर १३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले सतर्क रहनुपर्ने बताएका छन्। 

मंगलबार पार्टी कार्यालय तीनकुनेमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनको परिणामपछि मुलुक देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले गम्भीर हुनुपर्ने र सतर्क रहनुपर्ने बताएका हुन्। 

अहिलेको अवस्थामा गठबन्धन दलहरुसंगको सहकार्यलाई अघि बढाएरै लानुपर्ने उनको भनाई छ । त्यस्तै अध्यक्ष नेपालले निर्वाचनका क्रममा इलाममा विसङ्गतिहरु देखिएको र पुन मतदानको लागि कानुनी बाटोमा जाने बिषयमा पार्टीभित्र छलफल भएको समेत जानकारी दिए। 

त्यस्तै निर्वाचनको परिणामलाई पनि पार्टीले गम्भीर रुपमा हेरिरहेको उनले बताए। 

प्रकाशित मिति: १७:३४ बजे, मंगलबार, मंसिर १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्