सत्ता गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, मंसिर १३ : नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो ।
बैठकले चुनावको नतिजा पनि अपेक्षा गरिएअनुसार नआएको निष्कर्ष निकालेको छ । तर, अपेक्षा गरेअनुसारको मत नआएपनि चित्त बुझाउनुको विकल्प नरहेको निष्कर्ष निकालिएको छ
‘गठबन्धनलाई निरन्तरता दिनुपर्छ । गठबन्धनले निरन्तरता प्राप्त पनि गर्छ । गठबन्धनको बहुमत पनि पुग्छ,’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने ।
प्रकाशित मिति: १५:२९ बजे, मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











