धनुषा–४ मा एमालेका रघुवीर महासेठ विजयी, १२४ मतान्तरले यादव पराजित

काठमाडौं, मंसिर १३ : धनुषा–४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् ।
मंगलबार विहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई झिनो मतान्तरले पराजित गर्दै महासेठ पुनः निर्वाचित भएका हुन् ।
महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२ हजार ११२ मत पाएका छन् ।
यसअघि २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई २ हजार ५४१ मतान्तरले पराजित गरेका थिए । त्यतिबेला पनि महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी महेन्द्रले १९ हजार ९९१ मत पाएका थिए ।
प्रकाशित मिति: १०:४१ बजे, मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











