Kathmandu Press

विश्व कपमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हरायो 

एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले पराजीत गरेको हो । पहिलो हाफमा घानाले २–० को अग्रता लिएको थियो । उसका लागि मोहम्मद सलिसुले २४ औँ र मोहम्मद कुदुसले ३४ औँ मिनेटमा गोल गरे । 
विश्व कपमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हरायो 

काठमाडौं, मंसिर १२ : फिफा विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत आज सोमवार भएको दोस्रो खेलमा घानाले दक्षिण कोरियालाई पराजीत गरेको छ । 

एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले पराजीत गरेको हो । पहिलो हाफमा घानाले २–० को अग्रता लिएको थियो । उसका लागि मोहम्मद सलिसुले २४ औँ र मोहम्मद कुदुसले ३४ औँ मिनेटमा गोल गरे । 

दोस्रो हाफको ५८ औँ र ६१ औँ मिनेटमा चो ग्यु सङले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काए । तर ६८ औँ मिनेटमा घानाका कुदुसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–२ को जित दिलाए । 

जितसँगै घाना तीन अङ्कसहित समूह एच को दोस्रो स्थानमा उक्लिएको छ । दक्षिण कोरिया एक अङ्कसहित तालिकाको पुछारमा छ । 

प्रकाशित मिति: २१:०१ बजे, सोमबार, मंसिर १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्