सुकुम्बासीसँगको झडपमा १८ नगर प्रहरी घाइते, आक्रमणकारीलाई कारबाहीका लागि नेपाल प्रहरीलाई पत्राचार
काठमाडौं महानगरको टोली सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन गएको टोलीमाथी सुकुम्बासी बस्ती समूहले आक्रमण गरेको हो ।
काठमाडौं, मंसिर १२ : सुकुम्बासी बस्ती हटाउन खोज्ने क्रममा भएको झडपमा काठमाडौं महानगरपालिकाका १८ नगर प्रहरी घाइते भएका छन् भने तीन जना गम्भीर रहेका छन्।
काठमाडौं महानगरको टोली सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन गएको टोलीमाथी सुकुम्बासी बस्ती समूहले आक्रमण गरेको हो ।
उनीहरूको आक्रमणबाट महानगर प्रहरी प्रमुख सहित १८ जना घाइते भएको प्रवक्ता नवीन मानन्धरले जनाएका छन्। उनले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरी घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूको आईसीयूमा उपचार भइरहेको जनाएका छन्।
आक्रमण गर्नेहरूलाई कारबाही गर्न नेपाल प्रहरीलाई पत्राचार गरिएको छ। उनीहरूको नाम खुलाएर महानगरीय प्रहरी परिसर, टेकूलाई पत्राचार गरिएको प्रवक्ता मानन्धरले जनाएका छन्।

प्रकाशित मिति: २०:१९ बजे, सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











