Kathmandu Press

एमालेको नेतृत्वमा सरकार बनाउने पहल गर्छौँ : उपाध्यक्ष पौडेल 

एमालेको नेतृत्वमा सरकार बनाउने पहल गर्छौँ : उपाध्यक्ष पौडेल 

काठमाडौंं, मंसिर  १२ : नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने बताएका छन् । 

प्रेस चौतारी, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले अहिलको निर्वाचनमा कसैको स्पष्ट बहुमत नआएकाले मुलुकलाई बिकास र समृद्धिको बाटोतर्फ अघि बढाउन एमालेको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताएका हुन् । 

एमालेको संसदीय दलको बैठक बसेर पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने बिषयमा औपचारिक निर्णय गर्ने उनको भनाई छ । उनले एमालेले नेतृत्वदायी भूमिका निर्वाह नगर्दासम्म मुलुकको बिकासले गति लिन नसक्ने दावी गरे। पौडेलले कुनै पनि दललाई बहुमत प्राप्त नहुदा कुनै न कुनै रुपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरता तर्फ जाने खतरा बढेको जिकिर गरे। 

पौडेलले निर्वाचनमा जित र हार स्वाभाविक भएको बताउँदै सबै मतदाताको प्रतिनिधि भएर काम गर्ने र सबैप्रति समदूरीको व्यवहार गर्ने बताए। 

प्रकाशित मिति: १६:२३ बजे, सोमबार, मंसिर १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्