Kathmandu Press

बालुवाटारमा तीन शीर्ष नेताको बैठक, गठबन्धनको सरकार बनाउनेबारे छलफल 

सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका हुन् । 
बालुवाटारमा तीन शीर्ष नेताको बैठक, गठबन्धनको सरकार बनाउनेबारे छलफल 

काठमाडौं, मंसिर १२ : निर्वाचनको परिणाम अन्तिम चरणमा आइपुग्दा सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ । 

सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका हुन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा वर्तमान गठबन्धनलाई निरन्तरता दिँदै सरकार बनाउने विषयमा छलफल भएको बताइएको छ । 

त्यसका लागि गठबन्धनको औपचारिक बैठक छिट्टै बोलाउने विषयमा छलफल भएको बताइएको छ । प्रचण्डले शनिबार पनि प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए ।  

प्रकाशित मिति: १३:२४ बजे, सोमबार, मंसिर १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्