Kathmandu Press

धनुषा–४ मा कांग्रेसका यादवको अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।  मतगणनाको  सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए। 
धनुषा–४ मा कांग्रेसका यादवको अग्रता

धनुषा, मंसिर १२ :  यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत  धनुषा– ४ मा  मतगणना जारी रहेको छ ।   

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।  मतगणनाको  सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए। 

मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता लिएका छन् । उनले २७ हजार दुई सय छ मतप्राप्त गरेका छन् भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गरेको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिए। 

प्रकाशित मिति: ११:०० बजे, सोमबार, मंसिर १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्