Kathmandu Press

समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै, माओवादीलाई उछिन्दै तेस्रोमा आयो रास्वपा 

बिहान ७ बजेसम्मको अपडेट अनुसार सुरुदेखि नै अग्रता लिइरहेको एमालेले २५ लाख १९ हजार ३१६ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ८७ हजार ३१९ मत प्राप्त गरेको छ ।
समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै, माओवादीलाई उछिन्दै तेस्रोमा आयो रास्वपा 

काठमाडौं, मंसिर १२ : मंसिर ४ गते भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ ।

बिहान ७ बजेसम्मको अपडेट अनुसार सुरुदेखि नै अग्रता लिइरहेको एमालेले २५ लाख १९ हजार ३१६ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ८७ हजार ३१९ मत प्राप्त गरेको छ ।

Hardik ivf

यस्तै तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रलाई उछिन्दै पुनः राष्ट्रिय स्वतन्त्र पार्टी आइपुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५९ हजार ३२३ मत पाएको छ ।

चौथो स्थानमा रहेको माओवादी केन्द्रको पक्षमा १० लाख ५२ हजार ७८८ मत खसेको छ ।  

प्रकाशित मिति: ०८:२२ बजे, सोमबार, मंसिर १२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्