Kathmandu Press

अब ६ क्षेत्रको परिणाम आउन बाँकी, कांग्रेसले जित्यो सबैभन्दा धेरै ५३ सिट 

सोमबार बिहान ७ बजेसम्म १६५ क्षेत्रमध्ये १५९ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। जसमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४३ स्थानमा जित हासिल गरेको छ।
अब ६ क्षेत्रको परिणाम आउन बाँकी, कांग्रेसले जित्यो सबैभन्दा धेरै ५३ सिट 

काठमाडौं, मंसिर १२ : मंसिर ४ मा सम्पनन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ।

सोमबार बिहान ७ बजेसम्म १६५ क्षेत्रमध्ये १५९ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। जसमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४३ स्थानमा जित हासिल गरेको छ।

Hardik ivf

यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७/७  स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्।

नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ। यस्तै नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १/१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

बाँकी रहेका क्षेत्रमध्ये दोलखा, स्याङ्जा २ र बाजुराको मत गणना भने हुन बाँकी छ। जारी रहेको ३ क्षेत्रको मतगणनामा नेपाली कांग्रेसले २ ठाउँमा अग्रता लिएको छ भने एमालेले १ ठाउँमा अग्रता लिएको छ। 

प्रकाशित मिति: ०७:३१ बजे, सोमबार, मंसिर १२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्