सुनसरी १ बाट जसपाका अशोक राई विजयी
राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत ल्याए ।
काठमाडौं, मंसिर १२ : सुनसरी १ बाट जनता समाजवादी पार्टी, जसपाका अशोककुमार राई प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत ल्याए ।
माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।
प्रकाशित मिति: ०७:०५ बजे, सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार