सुनसरी–३ मा एमालेकी चौधरी ४ हजार ६६० मतले अगाडि
सुनसरी ३ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले दिएको जानकारी अनुसार अहिलेसम्म यो क्षेत्रमा ५९ हजार ९८१ मतगणना सकिएको छ ।
काठमाडौं, मंसिर ११ : सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार नेकपा एमालेकी भगवती चौधरीभन्दा चार हजार ६६० मतान्तरले पछाडि छन् ।
सुनसरी ३ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले दिएको जानकारी अनुसार अहिलेसम्म यो क्षेत्रमा ५९ हजार ९८१ मतगणना सकिएको छ ।
जसअनुसार नेकपा एमालेकी उम्मेदवार चौधरीले २६ हजार ४५ मत प्राप्त गरेकी छिन् । यस्तै, कांग्रेसका गच्छदारले २१ हजार ३८५ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा कुल ९२ हजार ३ सय मत खसेको थियो ।
प्रकाशित मिति: २०:३६ बजे, आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार