माधव नेपालले भने,‘रौतहट नगएको भए मलाई नै हराउने रहेछन्’
सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताबाट आइतबार बधाई थाप्दै नेपालले रौतहट १ बाट नगएको भए आफूलाई पराजित गर्ने खेल हुने देखिएको बताएका हुन् ।
काठमाडौं, मंसिर ११ : रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नभएको भए आफूलाई नै चुनाव हराउने अभिव्यक्ति दिएका छन् ।
सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताबाट आइतबार बधाई थाप्दै नेपालले रौतहट १ बाट नगएको भए आफूलाई पराजित गर्ने खेल हुने देखिएको बताएका हुन् ।
प्रतिनिधिसभा सदस्यमा रौतहट १ बाट निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका छन् ।
प्रकाशित मिति: १९:४६ बजे, आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार