Kathmandu Press

दोलखाका १०  केन्द्रमा पुनः मतदान हुने 

आयोगको आइतबार साँझ बसेको बैठकले मंसिर १५ गतेभित्र मतदान गराउन निर्देशन दिएको हो। जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि आयोगले  पुनः मतदान गर्ने निर्णय गरेको हो। 
दोलखाका १०  केन्द्रमा पुनः मतदान हुने 

काठमाडौं, मंसिर ११ : निर्वाचन आयोगले दोलखाका १० केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय गरेको छ। 

आयोगको आइतबार साँझ बसेको बैठकले मंसिर १५ गतेभित्र मतदान गराउन निर्देशन दिएको हो। जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि आयोगले  पुनः मतदान गर्ने निर्णय गरेको हो। 

Hardik ivf

४ मंसिरमा भएको चुनावमा बैतेश्वर, तामाकोसी, शैलुङ र मेलुङका ८ वटा मतदान केन्द्रमा मतदान निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा रिपोर्ट पठाएको थियो। 

दोलखाका ७ केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान नभएको प्रतिवेदन टोलीले आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई प्रतिवेदन बुझाएको थियो। 

प्रकाशित मिति: १८:१३ बजे, आइतबार, मंसिर ११, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्