सुनसरी ४ को स्थगित मतगणनाका लागि बसेकाे सर्वदलीय बैठक निष्कर्षविहीन
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले थप समय माग गरेपछि बैठक निष्कर्षविहीन बन्न पुगेको जनाइएको छ। मन्त्री कार्की सोही क्षेत्रबाट उम्मेदवार छन्।
सुनसरी, मंसिर ११ : सुनसरी ४ को स्थगित मतगणना थाल्न आज (आइतबार) बिहान झन्डै ४ घन्टा लामो सर्वदलीय बैठक निष्कर्षविहीन बन्न पुगेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले थप समय माग गरेपछि बैठक निष्कर्षविहीन बन्न पुगेको जनाइएको छ। मन्त्री कार्की सोही क्षेत्रबाट उम्मेदवार छन्।
मतपेटिकाभित्र नभएको ६०० मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप मन्त्री कार्कीले लगाएको बताइउको छ। बैठकबाट बाहिरिने क्रममा के विषयमा छलफल भयो भन्ने मन्त्री कार्कीले केही बोल्न मानेनन्।
त्यहाँ कांग्रेसले पुनः मतगणनाको माग गरेको छ। एमालेले ६०० मतलाई निष्क्रिय गरी सहमतिका साथ गणनालाई निरन्तरता दिनुपर्ने तर पुनः मतगणना गर्न नहुने बताएको छ।
फेरि सर्वदलीय बैठक बसेर एउटा निष्कर्ष मतगणनालाई निरन्तरता दिने प्रयत्न गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १४:२२ बजे, आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











