Kathmandu Press

३८१ निमावि शिक्षकका लागि भएकाे गणित-विज्ञानको परीक्षामा ५७ जना मात्र उत्तीर्ण

मधेस प्रदेशमा निमाविको गणित, विज्ञानका लागि २० शिक्षक माग गरिएकोमा कुनै परीक्षार्थी विषयगत लिखित परीक्षामा उतीर्ण हुन नसकेकेको आयोगले जनाएको छ।
३८१ निमावि शिक्षकका लागि भएकाे गणित-विज्ञानको परीक्षामा ५७ जना मात्र उत्तीर्ण

काठमाडौं, मंसिर ११ : शिक्षक सेवा आयोगले लिएको निम्न माध्यमिक तहको गणित, विज्ञान विषयको परीक्षामा माग संख्याभन्दा निकै कम परीक्षार्थीले नाम निकालेका हुन्।

सात प्रदेशका लागि ३८१ जना शिक्षक माग गरिएकोमा ५७ जना मात्र लिखित परीक्षा उत्तीर्ण हुन सफल भएका छन्। ती विषयका लागि गत चैत १७ गते भएको सामान्य लिखित परीक्षा र असार ११ गतेको विषयगत लिखित परीक्षा भएका थिए।

लिखितमा उत्तीर्ण ५७ परीक्षार्थीले अन्तर्वार्ताबाट उत्तीर्ण भएको अवस्थामा ३२४ दरबन्दी रिक्त नै रहने स्थित आएको छ।

मधेस प्रदेशमा निमाविको गणित, विज्ञानका लागि २० शिक्षक माग गरिएकोमा कुनै परीक्षार्थी विषयगत लिखित परीक्षामा उतीर्ण हुन नसकेकेको आयोगले जनाएको छ।

प्रकाशित मिति: १३:४४ बजे, आइतबार, मंसिर ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्