Kathmandu Press

‘अविरल जनसाहित्य यात्रा’ कवि ज्ञवालीका कविता

‘अविरल जनसाहित्य यात्रा’ कवि ज्ञवालीका कविता

काठमाडाैं, मंसिर ११ : राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को ७३औँ शृङ्खलामा कवि रूद्र ज्ञवालीका एक दर्जन कविता प्रस्तुत गरिएको छ।

भैरहवाका प्रगतिवादी कवि ज्ञवालीले सामाजिक रूपान्तरण र राष्ट्रियताका विषयमा केन्द्रित कविता शनिवार आयोजित कार्यक्रममा प्रस्तुत गरे। उनलाई कविता वाचनमा कवि अनुराधा ढकाल, देबु लुइँटेल, रूपक अलङ्कार, ज्ञानु विद्रोही र रमेश पोखरेलले सघाएका थिए।

Hardik ivf

कार्यक्रममा अग्रज साहित्यकार शान्ता मानवीले कवितामा जीवन, राष्ट्रियता, नेतृत्व, सरकार, जनता, कार्यकर्ता, समाज आदि सबैका सरोकारका विषय समेटिएको बताए।

वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक प्रा.डा. रामप्रसाद ज्ञवालीले कवितामा चेतनाको स्रम्प्रेषणका माध्यमबाट कविले नागरिक दायित्वसमेत निर्वाह गरेको देखिएको बताए।

संघका राम विनयले साहित्यमा पनि वर्गीय प्रेम हुने र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्न शृङ्खला सञ्चाल गरिएको जानकारी गराए।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सिर्जनाका माध्यमबाट सशक्त वैचारिक दृष्टिकोण सम्प्रेषण गर्ने र सामाजिक रूपान्तरण अभियानलाई सघाउने उद्देश्यअनुसार अविरल यात्राले काम गरेका जनाए।

कवि रूद्र ज्ञवालीका हालसम्म ‘निर्वासन’ कथा सङ्ग्रह २०५८, ‘सपना फुल्ने रातहरू’ गजल सङ्ग्रह २०६१, ‘विवरुका कथाहरू’ कथा सङ्ग्रह सहप्रकाशन २०६६, ‘उन्मुक्त आकाश’ मुक्तक सङ्ग्रह २०६६, ‘असल साथी’ बालकथा सङ्ग्रह २०७२, ‘पात्रहरू’ कथा सङ्ग्रह २०७३, ‘रुझेर अग्निवर्षामा’ मुक्तक सङ्ग्रह २०७५ जस्ता कृतिहरू प्रकाशित छन्।

प्रकाशित मिति: १२:३६ बजे, आइतबार, मंसिर ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्