Kathmandu Press

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी 

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी 

काठमाडौं, मंसिर ११ : राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । 

शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको  प्रहरीले जनाएको छ । 

घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।

कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: १०:४९ बजे, आइतबार, मंसिर ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्