Kathmandu Press

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी

रामेछाप, मंसिर ११ : रामेछापमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्।

तामाङ ४७ हजार ९८ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।

उनले नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई हराएका। ढुंगेलले ३० हजार सात सय २९ मत ल्याएका छन्।

तामाङले १६ हजार तीन सय ६९ मतान्तरले ढुंगेललाई हराएका छन्।

यहाँ राप्रपाका उम्मेदवार लालबहादुर घिसिङले एक हजार चार सय ८४ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार समीक्षा श्रेष्ठले १ हजार चार सय ५७ मत ल्याएकी छन्।

प्रकाशित मिति: ०९:०२ बजे, आइतबार, मंसिर ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्