सुनसरी ४ को मतगणाना रोकियो
सुनसरी ४ का कांग्र्रेसका उम्मेदवार तथा वर्तमान सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् ।
सुनसरी, मंसिर १० : सुनसरी क्षेत्र नं. ४ को मतगणना रोकिएको छ। नेपाली कांग्रेसले मतगणनामा धाँधली भएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो ।
मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले विरोध जनाएको छ।
सुनसरी ४ का कांग्र्रेसका उम्मेदवार तथा वर्तमान सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् ।
कार्कीको विरोधपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ। पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कार्कीले ९८ मतको झिनो अग्रता लिएका छन्।
कार्कीले २३४३९ मत ल्याउँदा एमालेका जगदिश कुसियतले २३३४१ मत लाएका छन् ।
प्रकाशित मिति: १७:२६ बजे, शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1785834014.png)