‘लोकतान्त्रिक र वाम शक्तिहरु मिलेर संविधान कार्यान्वयनमा लाग्नु पर्छ’
नेपालको राजनीतिमा जहिले पनि अस्थिरता गर्ने, अस्थिर रह्यो भने धमिलो पानीमा माछा मार्ने शक्ति ती नेपालको भलो नचाहनेहरु भएको उनले बताए ।
काठमाडाैं, मंसिर १० : कांग्रेस नेता प्रकाशमान सिंहले संविधानको विरोध गर्ने शक्तिहरू उदाएकाले लोकतान्त्रिक र वाम शक्तिहरू मिलेर संविधान कार्यान्वयन गर्नमा लाग्नु पर्ने बएताका छन्।
काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातासँगको कार्यक्रममा नेता सिंहले राजनीतिक स्थिरता कायम गर्नतर्फ मुलुक अगाडि बढ्नुपर्ने बताए । उनले संविधानलाई कार्यान्वयन गर्न दलहरूको तत्परता आवश्यक भएको बताए ।
‘दुई पटकको संविधानसभाको निर्वाचनपछि आएको संविधान अहिले कार्यान्वयनको आवश्यकता देखेको छु,’ उनले भने, ‘हामीले संविधानलाई रक्षा गरेर कार्यान्वयन गर्नेतिर जानुपर्छ । दुई संविधानसभाको निर्वाचन गरेर जारी गरेको संविधान कार्यान्वय गर्नुपर्छ।’
आम निर्वाचनको परिणामले नेपालमा राजनीतिक अस्थिरता हुने हो कि भन्ने आशंका सिंहले व्यक्त गरे । नेपालको राजनीतिमा जहिले पनि अस्थिरता गर्ने, अस्थिर रह्यो भने धमिलो पानीमा माछा मार्ने शक्ति ती नेपालको भलो नचाहनेहरु भएको उनले बताए ।
उनले प्रतिनिधिसभाको अबको कार्यकालमा संविधान कार्यान्वयन गर्नका लागि लाग्नुपर्ने बताए । लोकतान्त्रिक वाम गठबन्धनले संविधान कार्यान्वयन गर्न आवश्यक संघीय कानुन बनाउने भन्दै उनले तीन तहका सरकारलाई तयार गरेका अधिकार कानुन बनाएर दिनुपर्ने बताए ।
राजनीतिक स्थिरता भए सुशासन हुने बताउँदै नेता सिंहले अब सबैभन्दा बढी राजनीतिक स्थिरतामा जोड दिनुपर्ने बताए । उनले संविधान कार्यान्वयन भएर राजनीतिक स्थिरता भए आर्थिक र सामाजिक पक्ष पनि बलियो हुने बताए।











-1785834014.png)