Kathmandu Press

संविधानको रक्षा र कार्यान्वयनमा ध्यान केन्द्रित गर्नु आवश्यक : नेता सिंह

शनिबार आफूलाई निर्वाचित गर्ने मतदातालाई धन्यवाद दिन विभिन्न स्थान पुग्नुभएका नेता सिंहले संविधानलाई कमजोर गर्ने शक्तिहरु अहिले पनि सक्रिय भएकाले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन्।
संविधानको रक्षा र कार्यान्वयनमा ध्यान केन्द्रित गर्नु आवश्यक : नेता सिंह

काठमाडौं, मंसिर १० : नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।

शनिबार आफूलाई निर्वाचित गर्ने मतदातालाई धन्यवाद दिन विभिन्न स्थान पुग्नुभएका नेता सिंहले संविधानलाई कमजोर गर्ने शक्तिहरु अहिले पनि सक्रिय भएकाले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन्।

कांग्रेसको नेतृत्वमा जारी भएको संविधान यसअघिको प्रतिनिधिसभामा कांग्रेसले म्याण्डेड नपाएकै कारण अरु दलहरुले आवश्यक कानुन बनाउन नसकेको र मुलुक राजनीतिक अस्थीरताको भूमरी परेको उनले बताए।

नेता सिंहले संविधान नै काम लाग्दैन भन्नेहरु पनि संसदमा आउन लागेको र यसले नेपालको राष्ट्रिय राजनीति अस्थिर हुने देखिएकाले थप सजक हुनुपर्ने बेला आएको धारणा राखे।

तीनै तहको सरकारलाई बलियो बनाएर काम गर्न दिन आवश्यक कानून बनाउनेदेखि बिकास निर्माण लगाएतका काम सम्पन्न गर्न गठबन्धन मिलेर अघि बढ्नुपर्ने उहाको भनाइ छ।

नेता सिंह ७ हजार १४३ मत प्राप्त गरि काठमाडौं १ बाट विजयी भएका थिए। 

प्रकाशित मिति: १५:४२ बजे, शनिबार, मंसिर १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्