गायक आदित्य नारायणले ठमेलको क्लब फरेनहाइटमा प्रस्तुति दिने
उनी शुक्रबार साँझ नेपाल आइपुगेका हुन्। आज (शनिबार) ठमेलको क्लब फरेनहाइटमा आयोजना हुने ‘लाइभ कन्सर्ट’का लागि गायक झा नेपाल आएका हुन्।
काठमाडाैं, मंसिर १० : बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन्।
उनी शुक्रबार साँझ नेपाल आइपुगेका हुन्। आज (शनिबार) ठमेलको क्लब फरेनहाइटमा आयोजना हुने ‘लाइभ कन्सर्ट’का लागि गायक झा नेपाल आएका हुन्।
आदित्यले आफ्ना हिन्दीको अलवा केही नेपाली हिट गीतसमेत प्रस्तुत गर्ने जनाइएकाे छ। उनले नेपाल बसाइका क्रममा पशुपतिनाथको पनि दर्शन गर्ने पनि बताइएकाे छ। गायक झाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाल आउँदा खुसी लाग्ने बताए।
'दुई दिनका लागि नेपाल आएको छु। यद्यपि छिट्टै पुनः नेपाल आउने योजना बनाइरहेको। नेपाल घुमघाम गर्न मन पर्छु,' गायक झाले भन्नुभयो, 'आउँदो जनवरीमा नेपाली गीत सार्वजनिक गर्दैछु। यो मैले तयार पारेको पहिलो नेपाली गीत हो। यसले नेपालसँगको सामीप्य थप बढाउने विश्वास छ।'
उनले नेपाली राम्रोसँग बुझे तापनि बोल्न भने केही समस्या हुने गरेको बताए। उनको आगमनले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ। गायक झा चर्चित नेपाली मूलका भारतीय गायक उदित नारायण झाका छोरा हुन्।
सारेगमापा, ए क्स फ्याक्टर र खतरा खतरा खतरा, इन्डियन आइडलजस्ता साे होस्ट गरेर चर्चामा आएका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकका रुपमा डेब्यु गरेका थिए।












