नुवाकोट २ बाट अजुर्ननरसिंह केसी विजयी
केसी २०७४ मा एमालेका खतिवडासँग १० बढी मतान्तरले पराजित भएका थिए।
काठमाडौं, मंसिर १० : नुवाकोटको क्षेत्र नं २ बाट कांग्रेस नेता अजुर्ननरसिंह केसी निर्वाचित भएका छन्। सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनको साझा केसी २८१०७ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६४७७ र एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५५६१ मत प्राप्त गरे।
केसी २०७४ मा एमालेका खतिवडासँग १० बढी मतान्तरले पराजित भएका थिए। यसपटक केसीले खतिवाडालाई त्योभन्दा बढी मतान्तरले हराए।
प्रकाशित मिति: ०९:०८ बजे, शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











