महाेत्तरी ३ मा लाेसपाका अध्यक्ष ठाकुर निर्वाचित
८० वर्षका ठाकुर १६ हजार ३ सय ७५ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।महाेत्तरी, मंसिर ९ : महोत्तरी क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन्।
८० वर्षका ठाकुर १६ हजार ३ सय ७५ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।
ठाकुरले जसपाका उम्मेदवार हरिनारायण यादवलाई हराएका छन। हरिनारायणले १४ हजार ३ सय २५ मत मात्रै ल्याए।
स्वतन्त्र उम्मेदवार रामआधार कापरले १२ हजार ७ सय ३३ मत ल्याए भने नेपाल संघीय समाजवादी पार्टीका इलियास अंसारीले ४ हजार नौ सय ४९ मत ल्याए।
जनमत पार्टीका मृगेन्द्र यादवले ४ हजार २ सय ५२ मत ल्याएका छन्।
प्रकाशित मिति: १९:०९ बजे, शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९