Kathmandu Press

कालीकोटमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी

कालीकोटमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी

कालीकाेट, मंसिर ९ : कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही विजयी भएका छन। उनले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई छ हजार बढी मतान्तरले पराजित गरेका हुन।

कालीकोटमा खसेको कुल ४६ हजार छ सय ६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुरले २३ हजार ८७ मत प्राप्त गरे। उनका निकटम् प्रतिद्वन्द्वी एमालेका नगेन्द्रले १६ हजार २३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै राप्रपाका धनबहादुर बुढाले एक हजार ५६३, नेमकिपाका खड्गराज शाहीले एक हजार ८९, नेपाली कांग्रेस (विपी) का पङ्खबहादुर विष्टले एक सय ४० तथा स्वतन्त्रद्वय काशीचन्द्र बरालले आठ सय ९३ र धनप्रसाद पाण्डेले ७९ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकतृ भरत लम्सालले जानकारी दिए।

कालीकोटमा दुई हजार ४१ मत बदर भएको थियो।

प्रकाशित मिति: १८:३५ बजे, शुक्रबार, मंसिर ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्