Kathmandu Press

एमालेको गढमा कसरी सम्भव भयो राजु थापाको जित ?

बर्षौसम्म एमालेबाट हुन नसकेका अधुरा योजना पुरा भने कतिपय निर्माणको क्रममा छन् । २०७० मा थापाले बर्षौदेखि एमालेले जरो गाडेर बसेको गढ मात्र भत्काएनन्, सम्पूर्ण क्षेत्रमै बिकासको लहर समेत ल्याएको जनताहरुको बुझाई छ । 
एमालेको गढमा कसरी सम्भव भयो राजु थापाको जित ?

काठमाडौं, मंसिर ९ : स्याङ्जा क्षेत्र नं १ मा लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका राजु थापा विजयी भए ।

नेकपा एमालेका नारायण मरासिनीसँग तेश्रो पटकको प्रतिस्पर्धामा ३२५४ मतान्तरसहित थापा विजयी भए । थापाले ३१९९८ मत पाउँदा मरासिनी २८७४४ मतमा सिमित रहे । यसअघि २०७० मा थापाले मरासिनीलाई पराजीत गरेका थिए भने, २०७४ मा मरासिनीले थापालाई पराजीत गरेका थिए । 

एमालेको गढमा दोश्रो विजय 

Hardik ivf

२०७० सालको संविधान सभा निर्वाचनमा स्याङ्जा निर्वाचन क्षेत्र नं १ बाट संविधान सभा सदस्य पदमा निर्वाचित भएपछि उनको लोकप्रियताले उचाइ लियो । नेकपा एमालेको गण भनेर चिनिने उक्त क्षेत्रमा थापाको विजयीले कांग्रेसीहरु मात्र हैन्, सम्पूर्ण क्षेत्रले नै बिकासको क्षेत्रमा गति लियो ।

बर्षौसम्म एमालेबाट हुन नसकेका अधुरा योजना पुरा भने कतिपय निर्माणको क्रममा छन् । २०७० मा थापाले बर्षौदेखि एमालेले जरो गाडेर बसेको गढ मात्र भत्काएनन्, सम्पूर्ण क्षेत्रमै बिकासको लहर समेत ल्याएको जनताहरुको बुझाई छ । 

राजनीतिलाई पेसा भन्दा पनि बिकास र समाजसेवा ठान्ने थापाले २०७४ सालमा पनि स्याङ्जा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको लागि टिकट पाए । तर, बाम गठबन्धनहरु एक भएर चुनावी मैदानमा होमिएको बेला परेकाले थापाले चुनावमा पराजय भोगे ।

अहिले त्यही बामगठबन्धन फुटेको अवस्थामा माओवादी केन्द्र र समाजवादीको समेत साथमा थापा विजयी भए । चुनावमा पराजय भोग्दा पनि सदैव स्याङ्जाबासी सँगै रहेका थापाले दोश्रो पटक विजयी हुँदैं संसद यात्रा तय गरे । 

राजनीतिक यात्रा 

२०३३ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ४ मा जन्मिएका थापा बालक उमेरदेखि नै राजनीतिमा रुची राख्दथे । नेपाल प्रहरीको जुनियर अधिकृत अधिकारीको सन्तानको रुपमा स्याङ्जा को सदरमुकाम नजिकै जन्म लिएका थापाले १३ बर्षको कलिलो उमेरमा २०४६।०४७ सालको जनआन्दोलनलाई नजिकैबाट निहाले । 

२०४८ मा सम्पन्न आम निर्वाचन र बहुदलीय ब्यवस्थाको पुनस्थापनापश्चातको प्रथम स्थानिय निर्वाचन थापा (२०४९) मा विशेष चासो राख्न थाले । राजनीतिक मोह वढ्दै जाने क्रममा उनी विद्यार्थी जीवनबाटै (वि.सं. २०५० साल) नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध भए ।

एसएलसीसम्मको अध्ययन स्याङ्जाकै काजीमान हरिटीका मा.वि.मा अध्ययन गरेका थापाले एमाले निकट अनेरास्ववियूको वर्चस्व रहेको पृथ्वीनारायण क्याम्पसबाट अझ आफ्नो विद्यार्थी राजनीतिलाई निखारे । 

Raju 31669380133.jpg

राजनीतिसँगै अध्ययनलाई अगाडि बढाउने क्रममा उनले विभिन्न समयमा भएका विद्यार्थी आन्दोलनको पनि नेतृत्व गरे । नेपालमा राजतन्त्र अन्त्य, तत्कालीन माओवादी शशस्त्र द्धन्द्धका बेलामा समेत उनको भूमिका महत्वपूर्ण रह्यो । 

लामो राजनीतिक संघर्ष गरेतापनि पदको लोभ नगर्ने थापाले २०६७ सालमा सम्पन्न नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा महासमिति सदस्य पदमा सर्वाधिक मत ल्याई विजयी भएका थिए । 

जिल्ला कांग्रेसको नेतृत्व 

कांग्रेसको राजनीतिमा समेत सक्रिय रहेका उनले केन्द्रीय स्तरका नेताहरुसँग समेत सुमधुर सम्बन्ध स्थापित गरिसकेका छन् । नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन सभापति कमल प्रसाद पंगेनीको निधन पश्चात स्याङ्जा कांग्रेसलाई मजबुत बनाउन थापाले नै भूमिका खेले । 

जसको फलस्वरुप नेपाली कांग्रेसको गत जिल्ला अधिवेशनमा उनी स्याङ्जा जिल्ला सभापतिमा निर्वाचित भए । जिल्लामा कांग्रेसको शशक्त संगठन निर्माण गर्न र स्याङ्जा कांग्रेसमा रुपान्तरण चाहने युवाहरुको सारथी बनेका थापाले पार्टीभित्रकै जिल्लाका केन्द्रीय स्तरका नेताहरुको घेराबन्दीका बाबजुत पनि सभापतिको चुनाव जिते । 

जिल्लाभित्रैका नेताहरुको विद्रोही बनेर नेतृत्व हस्तान्तरणको अभियानमा लागेका थापाले केन्द्रीय स्तरमा रहेका सबै गुट र उपगुटलाई प्रभावमा पारेर नै जिल्ला सभापति बन्न सफल भएका थिए । सभापति भईसकेपछि कांग्रेसको केन्द्रीय महाधिवेशनमा थापाले कुनै टिमको लिष्टमा भोट नहाल्ने भन्दै आफू निकटका महाधिवेशन प्रतिनिधिहरुलाई सन्तुलित मतदान समेत गराए । 

स्थानीय तहको परिणाममा सुधार  

थापाले कांग्रेस जिल्लाको जिम्मेवारी सम्हालेपछि गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसको नतिजा सुधारियो । थापाको आफ्नै गृह नगरमा नगरपालिका स्थापना भएपश्चात पहिलो पटक १३ वडा मध्ये ९ वडा सहित नगर प्रमुख र उपप्रमुख जिताउन र संगठनलाई बलियो बनाउन पनि सफल देखिए । 

Raju 21669380133.jpg

जिल्लामा रहेका ११ स्थानीय तहमा पाँच नगरपालिकामध्ये ४ नगरप्रमुख, ५ वटै नगर उपप्रमुखसहित एक गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको थियो । यस्तै ९७ वडा रहेको जिल्लामा कांग्रेसले ५६ वटा वडामा विजयी हासिल गराउन पनि उनकै भूमिका महत्वपूर्ण देखिएको थियो ।

यधपी अहिले प्रदेश सभामा पनि कांग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने प्रयास सफल बनेन् । प्रदेश सभा (१) मा गठबन्धनबाट उम्मेदवार रहेकी अमृता थापा मगरलाई पराजीत गर्दै एमालेकी सीता सुन्दास विजयी भईन् भने प्रदेश सभा (२) मा कांग्रेसका बुद्विबहादुर राना कुमारलाई ६ मतले पराजीत गर्दै एमालेकै सुधिरकुमार पाैडेल निर्वाचित भए । 

अबको बाटो 

स्याङ्जालीमाझ लोकप्रिय रहेका थापाले निर्वाचित हुँदै गर्दा सदैव स्याङ्जाका हरेक क्षेत्रमा बिकासको योगदान त गर्ने नै छन्, समग्र देशभरका युवापिढीहरुका लागि रोजगारको क्षेत्रमा समेत नयाँ इट्टा थप्न चाहेको उनको भनाई छ । 

यसबाहेक आफूले जाने र बुझेसम्म आफ्नो क्षेत्र र जिल्लाको भलाईको लागि मात्र नभई समग्र देशमा भएका वेथिति, अन्याय र अत्याचारका बिषयमा संसदबाट सदैव खबरदारी गर्न उनी बताउँछन् ।

प्रकाशित मिति: १८:१६ बजे, शुक्रबार, मंसिर ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्