Kathmandu Press

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडाैं, पुस ५ : पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू&nda....

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
फाइल

काठमाडाैं, पुस ५ : पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले शनिबार एक बुलेटिन जारी गदैँ पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउ आग्रह गरेको छ। 

त्यस्तै मौसमविद्का अनुसार तराईमा बाँक्लो हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको छ। चिसोले तराईको जनजीवन कष्टकर बनेको छ। हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु-कुहिरो लागेको छ। पश्चिमी भू–भागलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी-हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याइएको छ। आइतबार देशका पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

सोमबार देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जनाइएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। त्यस्तै धनगढीको न्यूनतम तापक्रम माइनसमा झरेको छ। रासस

प्रकाशित मिति: १३:५२ बजे, शनिबार, पुस ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्