Kathmandu Press

संखुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित 

संखुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित 

काठमाडौं, मंसिर ९ : संखुवासभाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का विजयी भएका छन् । शुक्रबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार खड्काले एमाले उम्मेदवार राजेन्द्रप्रसाद गौतमलाई ५ हजार ४२९ मतान्तरले पराजित गरेका हुन्। 

 खड्काले ३२ हजार १ सय ५८ मत ल्याए भने एमाले उम्मेदवार गौतमले २६ हजार ७ सय १९ मत ल्याएका छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भक्तनारायण श्रेष्ठले ११ सय ३६ मत ल्याएका छन्। जसपाका दीपककुमार राईले ८११, राप्रपाका भोलामान कार्कीले ३०८ र स्वतन्त्र तेन्जी भोटियाले ५२२ मत ल्याएका छन्।

प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, मंसिर ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्