सिरहा क्षेत्र–४ मा जसपाका महतो विजयी
सिरहा, मंसिर ९ : सिरहा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमाले–जनता समाजवादी पार्टीको तर्फबाट जसपाका डा वीरेन्द्रप्रसाद महतो विजयी भएका छन् ।
अन्तिम मतपरिणामअनुसार उनले जनमत पार्टीका वीरेन्द्रप्रसाद शाहलाई सात हजारआठ सय आठ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका अनुसार महतोले २४ हजार एक सय दुई मत प्राप्त प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शाहले १६ हजार दुई सय ९४ मत प्राप्त गरे।
यसैगरी सत्ता गढबन्धनबाट एकीकृत समाजवादीका धर्मनाथ शाहले १४ हजार ६५३ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका विमल कुमार तिवारीले एक हजार ६८३ मत प्राप्त गरे।
यस निर्वाचन क्षेत्रमा जम्मा ६५ हजार दुई सय १६ मत खसेकामा चार हजार दुई सय ९४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सिरहा–४ मा विजयी महतो २०७० को दास्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बनेका थिए।