गुल्मी–१ बाट चन्द्र भण्डारी विजयी, एमाले उपमहासचिव ज्ञवाली पराजित

काठमाडौं, मंसिर ९ : गुल्मी निर्वाचन क्षेत्रनम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन् । शुक्रबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार ज्ञवाली १ हजार ६२६ मतान्तरले पराजित भएका हुन् ।
कांग्रेसका भण्डारी ३३ हजार ३५८ मत पाएर विजयी हुँदा ज्ञवालीले ३१ हजार ७२३ मत ल्याए ।
प्रकाशित मिति: १३:२१ बजे, शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











