बिरामी बोकेको जिप दुर्घटना, पाँच जना घाइते
बागलुङ, पुस ५ : बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
खर्वाङ बजारबाट बिरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको लु १ च ७७१८ नम्बरको....

बागलुङ, पुस ५ : बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
खर्वाङ बजारबाट बिरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको लु १ च ७७१८ नम्बरको पिकअप जिप बडिगाड गाउँपालिका–२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो। दुर्घटनामा बडिगाड गाउँपालिका- ३ शिसाखानी बस्ने चालक रमेश श्रीष, सोही स्थानका शान्ति थापा, विविशा थापा, नुनु रेश्मी र चुराकुमारी थापा घाइते भएका छन्।
घाइतेमध्ये विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भीर रहेको र घाइतेको खर्वाङमा सामान्य उपचारपछि पाल्पास्थित मिशन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए।
गुडिरहेको जिपको अचानक टायर खुस्किँदा सडकबाट झण्डै २०० मिटर तल खसेको छ।











