Kathmandu Press

बिरामी बोकेको जिप दुर्घटना, पाँच जना घाइते

बागलुङ, पुस ५ : बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

खर्वाङ बजारबाट बिरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको लु १ च ७७१८ नम्बरको....

बिरामी बोकेको जिप दुर्घटना, पाँच जना घाइते
सांकेतिक

बागलुङ, पुस ५ : बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

खर्वाङ बजारबाट बिरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको लु १ च ७७१८ नम्बरको पिकअप जिप बडिगाड गाउँपालिका–२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो। दुर्घटनामा बडिगाड गाउँपालिका-  ३ शिसाखानी बस्ने चालक रमेश श्रीष, सोही स्थानका शान्ति थापा, विविशा थापा, नुनु रेश्मी र चुराकुमारी थापा घाइते भएका छन्। 

घाइतेमध्ये विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भीर रहेको र घाइतेको खर्वाङमा सामान्य उपचारपछि पाल्पास्थित मिशन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए।

गुडिरहेको जिपको अचानक टायर खुस्किँदा सडकबाट झण्डै २०० मिटर तल खसेको छ।

प्रकाशित मिति: १२:५८ बजे, शनिबार, पुस ५, २०७६