Kathmandu Press

सर्लाही–३ बाट एमालेका उप्रेती विजयी

सर्लाही–३ बाट एमालेका उप्रेती विजयी

सर्लाही, मंसिर ९ : सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा (एमाले)का हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साहलाई सात सय ७०  मतान्तरले पराजित  गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ।

उप्रेतीले ३२ हजार नौ सय ३८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले ३२ हजार एक सय ६८ मत पाए। 

Hardik ivf

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको  मतपरिणामअनुसार जनमत पार्टीका उम्मेदवार त्रिभुवन सिंहले पाँच हजार पाँच सय १९ मत ल्याएका छन्। उप्रेती विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 

अब जिल्लाको निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (२) र प्रतिनिधिसभा–२ को मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित मिति: १०:५१ बजे, शुक्रबार, मंसिर ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्