Kathmandu Press

संखुवासभाको प्रदेशसभा (१) मा माओवादीका कार्की विजयी 

संखुवासभाको प्रदेशसभा (१) मा माओवादीका कार्की विजयी 

संखुवासभा, मंसिर ९ : सङ्खुवासभाबाट प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन्। उनी १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए।  कार्की ३४ मतान्तरले विजयी भएका हुन् । 

त्यस्तै नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका छन्। पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेका छन् । 

सङ्खुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा (२)को मतगणना जारी छ ।  

प्रकाशित मिति: १०:३७ बजे, शुक्रबार, मंसिर ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्