नवलपरासी १ मा कांग्रेसका विनोद चौधरी निर्वाचित
उनले जनता प्रगतिशिल पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८५ मतान्तरले पराजित गरेका हुन् ।
काठमाडौं, मंसिर ९ : पश्चिम नवलपरासी १ बाट नेपाली काग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी विजयी भएका छन्।
उनले जनता प्रगतिशिल पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८५ मतान्तरले पराजित गरेका हुन् ।
चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरी तेस्रो स्थानमा रहेका छन् ।
प्रकाशित मिति: ०९:०३ बजे, शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











