समानुपातिकमा कसको मत कति ?
एमालेले ९ लाख ११ हजार २९० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१ मत प्राप्त गरेको छ ।काठमाडौं, मंसिर ९ : समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएको छ ।
एमालेले ९ लाख ११ हजार २९० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ३९ हजार ५३८ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख ८ हजार १०२ मत रहेको छ ।
राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ३७ हजार ५२४ मत रहेको छ भने जसपा नेपालको १ लाख १५ हजार ६५२ रहेको छ । जनमत पार्टीले ६९ हजार ४९५ प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) को ६३ हजार १५९ मत रहेको छ ।
प्रकाशित मिति: ०७:३३ बजे, शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९