कास्की ३ बाट एमालेका दामोदर पौडेल निर्वाचित
एमालेका बैरागीले माओवादीका बराललाई ५ हजार ४४५ मतान्तरले पछि पारेका हुन्। पौडेलले २२ हजार ९८० मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
काठमाडौं, मंसिर ९ : गण्डकीका बहालवाला अर्थमन्त्रीलाई पछि पार्दै कास्की ३ बाट एमालेका दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् ।
एमालेका बैरागीले माओवादीका बराललाई ५ हजार ४४५ मतान्तरले पछि पारेका हुन्। पौडेलले २२ हजार ९८० मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
यस्तै, माओवादीका बरालले १७ हजार ५३५ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल १२ हजार १८० मत ल्याए ।
प्रकाशित मिति: ०७:२३ बजे, शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











