लालबाबुलाई हराउँदै कांग्रेसका शेखर कोइराला निर्वाचित
सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला १२ हजार २८४ सय मतान्तरले एमालेका लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् ।
काठमाडौं, मंसिर ९ : मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला १२ हजार २८४ सय मतान्तरले एमालेका लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् ।
कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे । पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।
प्रकाशित मिति: ०७:१८ बजे, शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











