गुल्मीमा गोठमा आगलागी हुँदा एक जनाको मृत्यु
काठमाडौ, पुस ५ : गुल्मीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ।
इस्मा गाउँपालिका–३ तोरीपाटाका चिन्ताबहादुर सार्कीको गोठमा आग....
काठमाडौ, पुस ५ : गुल्मीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ।
इस्मा गाउँपालिका–३ तोरीपाटाका चिन्ताबहादुर सार्कीको गोठमा आगलागी हुँदा ४५ वर्षीय नरबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक रबीन्द्रबहादुर खड्काले जानकारी दिए।
गोठमा सुतेका नेपालीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीबाट गोठमा रहेका भैंसी र गोरुहरु पनि जलेका छन्।
घटनाबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १०:१६ बजे, शनिबार, पुस ५, २०७६
थप समाचार






