Kathmandu Press

जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भयो : अध्यक्ष लिङ्देन

जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भयो : अध्यक्ष लिङ्देन

झापा, मंसिर ८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताएका छन। प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि आज झापाको चन्द्रगढीमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले जनताले समृद्धि र परिवर्तन खोजिराखेको र यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताए।

उनले जनतालाई धोका नदिने र विश्वासघात नगर्ने प्रतिबद्धता जनाएका छन। 'जनताले विश्वास गरेर मलाई विजय गराउनुभएको छ,' उनले भने, 'म उहाँहरुलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु, उहाँहरूको भरोसामाथि तुसारापात गर्ने छैन।' अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारको भ्रष्टाचार नगर्ने र गर्न नदिनेसमेत दोहोर्‍याए।

प्रकाशित मिति: २०:३७ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्