Kathmandu Press

अध्यक्ष ओली र दाहालबीच बधाई आदानप्रदान

अध्यक्ष ओली र दाहालबीच बधाई आदानप्रदान

काठमाडाैं, मंसिर ८ : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाेमा बधाई दिएका हुन।

माओवादी अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचित भएका छन। बधाई तथा शुभकामना दिन पुगेका माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीले टेलिफोन गरेर बधाई दिएको जानकारी दिएका थिए।

अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार उनीहरुबीच एकअर्कालाई निर्वाचित भएकामा बधाई आदानप्रदान गरेका थिए।

प्रकाशित मिति: २०:३१ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्