Kathmandu Press

मोरङ–५ (२) मा कांग्रेसका अर्याल विजयी

मोरङ–५ (२) मा कांग्रेसका अर्याल विजयी

माेरङ, मंसिर ८ : मोरङ–५ (२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी भएका हुन। मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार विजयी अर्यालले १६ हजार एक सय दुई मत प्राप्त गरेका छन।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जयराम यादवले १० हजार आठ सय २५ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए।

उनका अनुसार तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशकुमार बानियाँले तीन हजार दुई सय ४८ मत प्राप्त गरेका छन। मोरङ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले २१ हजार आठ २० मत प्राप्त गरी विजयी भएका छन।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवकुमार मण्डलले १७ हजार चार सय ८६ र जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले १७ हजार तीन सय ९० मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: १९:५३ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्