मोरङमा ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित
माेरङ, मंसिर ८ : मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन्। एमालेले टिकट नदिएर जसपासँग गठबन्धन गरेपछि स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका मण्डल निर्वाचित भएका हुन।
मण्डल २१ हजार ८ सय २० मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवलाई ४ हजार ३३४ मतान्तरले उनले पराजित गरेका हुन् । राजकुमार यादवले १७ हजार ४८६ मत ल्याएका छन् ।
यस्तै सत्ता गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ३ सय ९० मत ल्याए।
प्रकाशित मिति: १९:२४ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९