सुशासनबिना मुलुक समृद्ध हुँदैन : पूर्वअध्यक्ष रेग्मी
काठमाडौ, पुस ५ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सुशासनबिना मुलुक समृद्ध हुन नसक्ने बताएका छन्।
लायन्स क्लब काठमाडौँ लर्डब....
काठमाडौ, पुस ५ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सुशासनबिना मुलुक समृद्ध हुन नसक्ने बताएका छन्।
लायन्स क्लब काठमाडौँ लर्डबुद्धले आयोजना गरेको ‘क्यारेक्टर ह्याण्डओभर’ कार्यक्रममा उनले असल नागरिकको बाहुल्यता भएमा मात्र सुशासनयुक्त समाज निर्माण हुने बताएका हुन्। उनले क्लबले आदर्श र नैतिकवान हुने प्रणालीको विकास गरिरहेको बताए।
“स्वार्थबाट प्रेरित भएर समाज सेवा हुन सक्दैन”, उनले भने, “सत्कर्मले नै व्यक्तिलाई अब्बल बनाउने हो।” उनले लोभ, इष्या, घमण्डले व्यक्तिलाई असल बन्नबाट रोक्ने हुँदा यी सबै पक्षबाट टाढा रहनुपर्ने बताए।
रेग्मीले देशमा विकास र समृद्धिको यात्रालाई सहज बनाउन प्रत्येक नागरिकले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने बताए।






