Kathmandu Press

कञ्चनपुर ३ (२) मा कांग्रेसका बेलबहादुर राना विजयी

कञ्चनपुर ३ (२) मा कांग्रेसका बेलबहादुर राना विजयी

कञ्चनपुर, मंसिर ८ : कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी भएका छन।
    
उनले नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र विष्टलाई पाँच हजार छ सय चार मतले पराजित गरेका हुन।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार रानाले १६ हजार एक सय ५२ मत प्राप्त गरेका छन। उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्टले १० हजार पाँच सय ४८ मत प्राप्त गरे। त्यसैगरी स्वतन्त्र उम्मेदवार भीम कुमालले एक हजार आठ सय २२ मत प्राप्त गरेका छन।
    
सो क्षेत्रमा ३० हजार छ सय ६४ मत खसेको थियो । ती मध्ये एक हजार तीन सय ८३ मत बदर भएको छ।

प्रकाशित मिति: १८:२२ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्