Kathmandu Press

अपेक्षा गरेभन्दा फरक नतिजा आयो : माधव नेपाल 

अपेक्षा गरेभन्दा फरक नतिजा आयो : माधव नेपाल 

काठमाडौं, मंसिर ८ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आएको बताएका छन् । 

रौतहटको निर्वाचन क्ष््रोत्र नं. १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनमा आफुले सोचेको भन्दा कम नतिजा आएको र नतिजाले शिक्षा दिएको बताए। उनले आगामी दिनमा निर्वाचनको परिणामको मुल्याङन गर्दै भएका कमिकमजोरी सुधार गरि अघि बढ्ने धारणा राखे। उनले अवको सरकार कस्को बन्छ भनेर अहिले नै भन्न नसकिने भन्दै समयको माग अनुसार बन्न सक्ने बताए। 

उनले जनताले आफुलाई ईमान्दारीता र निष्ठापूर्वक नै हेरेकाले जनताको विश्वासलाई पूरा गर्ने जिकिर गरे।

अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मतप्राप्त गरेका छन्। यसअघि विसं २०४८ देखि २०५६ सम्म राष्ट्रियसभा सदस्य तथा प्रमुख विपक्षी दलका नेता रहनुभएका नेपाल विसं  २०५६, २०६५, २०७०  र २०७४ मा पनि प्रतिनिधिसभा सदस्य थिए। 

प्रकाशित मिति: १६:३४ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्