Kathmandu Press

वाङ्मय शताब्दी पुरुष सत्यमोहनमा समर्पित कला प्रदर्शनी हुने

नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ स्वर्ण वर्षको उपलक्ष्यमा परिषद्ले मङ्सिर ११ देखि २५ सम्म प्रदर्शनी गर्ने भएको हो।
वाङ्मय शताब्दी पुरुष सत्यमोहनमा समर्पित कला प्रदर्शनी हुने

काठमाडाैं, मंसिर ८ : वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई समर्पित नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी गरिने भएको छ।

नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ स्वर्ण वर्षको उपलक्ष्यमा परिषद्ले मङ्सिर ११ देखि २५ सम्म प्रदर्शनी गर्ने भएको हो।

Hardik ivf

उप–राष्ट्रपति नन्दबहादुर पुनले उक्त प्रदर्शनीको उद्घाटन गर्ने  परिषद्ले जनाएको छ। कलाकृतिहरुको प्रदर्शनीले हिन्दु र बौद्ध धर्मको उत्पत्ति, आधारभूत सिद्धान्तहरु, नेपालको मौलिक धर्म र दर्शनहरु जगाउने उद्देश्यसहित कलाकृतिहरुमा प्रतिनिधित्व गरिएका देवताहरुको संग्रहित खण्डहरुमा प्रस्तुत गरिने भएको छ।

परिषद्का अध्यक्ष सागर शमशेर राणाले नेपालको कला, कलाकारलाई उत्थान गर्ने तथा हस्तकला र कलाकृतिको मागलाई पूरा गर्न सकोस् भन्ने उद्देश्यले प्रर्दशनी गर्न लागिएको बताए।

स्वतःस्फूर्तरुपमा सङ्कलन गरिएका एक सय ६० कलाकारका दुई सय ४६ कला प्रदर्शनीमा राखिनेछ। नवोदित कलाकारदेखि वरिष्ठ कलाकारबाट संकलन गरिएका ग्रह देवताहरु, योगिनी, भैरव तथा बौद्ध देवताको कलाकृति समेत विशेषरुपमा रहने परिषदद्धारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। 

प्रकाशित मिति: १५:१३ बजे, बिहीबार, मंसिर ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्